काठमाडौं । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको छ । यूएईको शारजाह मैदानमा आज आइतवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको हो ।
श्रीलङ्काले दिएको तीन सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६२ रन मात्र बनाउन सक्यो ।
आजको हारसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ । पहिलो खेलमा नेपाल टेस्ट देश बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आउँदो मङ्गलवार कुवेतसँग खेल्नेछ ।
फरकबाटो ११ पुष २०७८, आईतवार २०:०५