जुम्लामा भारी बर्षासँगै आएको बाढीले मार्सीधानका फाँट बगायो

जुम्ला । जुम्लामा भारी बर्षासँगै आएको बाढीले मार्सीधानका फाँट बगाएको छ । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसान चिन्तित बनेका छन् ।

तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधााका खेतहरुमा बाढी पसेपछि ठूलो मात्रामा धान क्षति भएको बताइएको छ । काटेका धानसमेत खेतमै कुहिने अवस्थामा रहेको स्थानियले बताएका छन् ।


सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले नुवाकोट र रावतवाडा क्षेत्रमा धानमा क्षति पु¥याएको जानकारी दिए ।

उक्त क्षेत्रमा बस्ती पनि जोखिममा रहेको उनको भनाई छ । चौलागाइले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई नेतृत्वको टोली अनुगमनका लागी क्षति भएको क्षेत्रमा गएको बताए ।