कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु

सुर्खेत । कालीकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नीकी १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको हो ।

स्थानिय बिष्णुलाल अधिकारीको घरमा पहिरोले क्षति पु¥याउँदा अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहान साढे पाँच बजे घर माथिबाट आएको पहिरोले घर भत्किँदा अधिकारीको मृत्यु भएको हो ।

विष्णुलालकी ११ बर्षिय छोरीको भने सकुशल उद्धार गरिएको कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरका अन्य चार जना सदस्य भने सकुशल रहेका छन् ।