कर्णालीका पूर्व मुख्यमन्त्री शाहीद्धारा रंगशालाको निरिक्षण

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकारको गौरबको आयोजना प्रदेश रंगशाला निर्माणको कामलाई निरिक्षण गरेका छन् ।
पूर्व मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको गौरबको आयोजना भएकोले यो कामलाई जति सक्दो छिटो सक्ने गरेर काममा लाग्नको लागि निर्माण कम्पनीलाई निर्देशन दिए ।

कर्णालीमा अहिले सम्म जति निर्माण कम्पनी आए उनिहरुले समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाएको भन्दै उनले यो कम्पनीबाट त्यस्तो नहुनेमा आफुले विश्वस्त रहेको बताउनु बताए ।

निरिक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्य सचिव बिश्वामित्र संज्याल परिषदका कर्णाली प्रदेश सदस्य टक्क बहादुर शाही आजिबन पनि सहभागि थिए । सदस्य सचिव संज्यालले आफु रंगशालाको काम नरोकिने गरी कामलाई अगाडी बढाउनको लागि निर्माण कम्पनीको निरन्तर फलोअफ गरेको समेत उनले प्रथम मुख्यमन्त्री शाहीलाई जानकारी दिए ।

निर्माण कम्पनीले भने ६ महिनाको काम डिजाइनको काम मात्र भएकोले अब डिजाइनको काम सक्न थालेको र भौतिक संरचनाको काम तिर आफुहरु केन्द्रीत भएको मुख्यमन्त्री शाहीलाई जानकारी दिएको थियो ।