एमसीसी सम्झौताका विषयमा औपचारिक निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु

काठमाण्डाै । एमसीसी सम्झौताका विषयमा औपचारिक निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा एमसीसी सम्झौता संसदमा पेस गर्ने/नगर्ने विषयमा औपचारिक निर्णय हुने सम्भावना छ ।

नेपाली कांग्रेसले यसअघि नै एमसीसी पास गर्ने निर्णय गरिसकेको छ । संशोधन नगरि पेस नगर्ने अडानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि सकारात्मक सङ्केत दिएका छन् । गठबन्धन भत्कने अवस्थामा पुगेपछि उनीहरु एमसीसी टेबल गर्न सहमति नजिक पुगेका हुन् ।

आजको बैठकमा सहमति भए दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा पेस भए पनि परिमार्जन नगरि अनुमोदन नगर्ने बताएका छन् ।