
काठमाडौं । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको हो ।
आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २ सय १८ रन बनाएको थियो । टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।

फरकबाटो ७ फाल्गुन २०७८, शनिबार १६:२९