काठमाण्डाै । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गाैरवकाे आयोजनाका रूपमा रहेको याे विमानस्थलमा १० दिनसम्म याे उडान सञ्चालन हुन लागेको हो ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायु सेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

फरकबाटो ३ फाल्गुन २०७८, मंगलवार १६:३२