सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । हिजाे दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

vfFbaf/L, @( df3 . ;+v’jf;efsf] dsfn’ ufpFkflnsf j8f g+ % sf] g’d / j8f g+ ! sf] jfn’ª hf]8g] a]lnla|h efFlrPsf] 5 . zlgaf/ lgdf{0f ;fdu|L af]s]sf] nf]j]6 tfg]{ qmddf efFlrPsf] xf] . t:jL/ M eljg sfsL{, /f;;
प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका थिए । ट्रकमा रहेका चालक र सहचालकलाई भने सकुशल उद्धार गरिएकाे मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए ।
अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए । पुलको भन्दा बढी क्षमता भएकाे सामग्री बोकेर एकै पटक तीन वटा ट्रक तर्ने क्रममा फुल भाँचिएको याम्फुले बताउनुभयो । तीन वटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएका थिए ।
२०७५ सालमा इप्सुवा हाइड्राेपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

फरकबाटो १ फाल्गुन २०७८, आईतवार १०:५५