तापक्रम बढ्न थाल्यो, बिस्तारै गर्मी बढ्दै

काठमाण्डाै । पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।

जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित  देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ  ।

यस्तै, दीपायल र नेपालगञ्जकाे अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र वीरेन्द्रनगरको २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने  हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उनको भनाइ छ । यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने अनुमान छ । वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।