युक्रेनको सीमा सङ्कटः अवस्था थप नबिग्रने गरी रुसका राष्ट्रपतिले आश्वस्त पारेको फ्रान्सको प्रतिक्रिया

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सुरक्षा फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वस्त पारेको फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रो कूटनीतिक भ्रमणका क्रममा सोमबार मस्को पुगेर पुटिनसँग भेटवार्ता गरी युक्रेनको राजधानी किएभ पुग्नुभएको थियो । युक्रेनी नेतालाई भेट्नुअघि म्याक्रोले सीमामा अवस्था थप नबिग्रने रुसी राष्ट्रपतिले सुनिश्चितता सुरक्षित गरेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले म्याक्रोको रुस भ्रमणले मुठभेड रोक्न सक्ने केही सम्झौताको विन्दु देखाएको बताएका छन् । क्रेमलिनका प्रवक्ताले म्याक्रोसँग कुनै सम्झौता नभएको तर तनाव घटाउन गम्भीर कदम चाल्न सकिने बताएका बीबीसीले जनाएको छ ।