न्युजिल्याण्डलाई सिरिज

काठमाडौं । पाहुना टोली न्युजिल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज जितेको छ । बारबाडोसमा सोमबार बिहान भएको खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी हुदै तीन खेलको सिरिज २-१ ले जितेको छ ।

घरेलु टोलीले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो । उसका लागि टोम लेथम, ड्रयाल मिचेल,मार्टिन गप्टिल र डेभोन कन्वेले अर्धशतकीय ईनिङ खेले ।

कप्तान लेथमले ६९ रन,मिचेलले ६३,गप्टिलले ५७ तथा कन्वेले ५६ रन बनाए । जेम्स निसमले अविजित ३४ रन तथा मिचेल बार्किवेलले अविजित १४ रन बनाए ।

घरेलु टोलीका लागि जासन होल्डर र यानिक कारिकले समान २/२ विकेट लिए । अल्जारी जोसेपले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय १ रन बनाएको थियो । उसका लागि कायल मेयर्सले १ सय ५ रनको शतकिय पारी खेले ।

निकोलस पुरन तथा शाही होपले अर्धशतकीय ईनिङ खेले । कप्तान पुरनले ९१ तथा होपले ५१ रन बनाए । अल्जारी जोसेपले अविजित २० रन बनाए ।

पाहुना टोलीका लागि ट्रेन्ट बोल्डले ३ तथा मिचेल स्टानरले २ विकेट लिए ।