सेनेगल अफ्रीका कप अफ नेसन्सको फाइनलमा

काठमाडौं । सेनेगल अफ्रीका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बुर्किना फासोलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो । सेनेगललाई जित दिलाउन अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एक एके गोल गरे । बुर्किनाका ब्लाटी टोरेले एक गोल फर्काए ।

Image

खेलको ७० औं मिनेटमा डियालोले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा इद्रिसाले गोल गर्दा सेनेगल २-० ले अघि रह्यो ।खेलको ८२ औं मिनेटमा बुर्किनाका टोरेले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।

Image

सेनेगल तेस्रो पटक अफ्रीका कप अफ नेसन्सको फाइनल पुगेको हो । अब सेनेगलले उपाधिका लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।