बङ्गलादेशसँगको टेस्ट शृङ्खला भारतले जित्यो


सुर्खेत । बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो ।

भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस अय्यरले नटआउट २९ र रवीचन्द्रन अश्विनले ४२ रन बनाउँदै भारतलाई जिताए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले पाँच र शकिब अल हसनले दुई विकेट लिए ।

बङ्गलादेशले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पहिलो पारीमा दुई सय २७ रन बनाएको थियो । त्यसपछि भारतले तीन सय १४ रन बनाउँदा ८७ रनको अग्रता लिएको थियो ।

दोस्रो पारीमा बङ्गलादेश दुई सय ३१ रनमा अलआउट हुँदा भारतले एक सय ४५ रनको लक्ष्य पाएको थियो । टेस्ट शृङ्खला गुमाए पनि यसअघि भएको एकदिवसीय शृङ्खला भने घरेलु टोली बङ्गलादेशले जितेको थियो ।