जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन गरिँदै

जुम्ला । कृषि विकास कार्यालय जुम्लाले बिउको कमि हुन नदिन उन्नत जातका गहुँको बिउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानिय गहुँ उत्पादन हुने गरेकोमा विशेषगरी उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको हो ।

स्थानीय कृषकहरुलाई अनुदानमा बीउ उपलब्ध गराएर कृषि विकास कार्यालयले तातोपानी गाउँपालिका १ नम्बर वडाको बाइराँकामा दुई प्रकारका उन्नत जातका गहुँको बीउ उत्पादन गर्न लागेको कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले बताए ।

उनले अहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गएको जानकारी दिए । उनका अनुसार उक्त दुई प्रकारका मुल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानी गरिएको छ । यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मुल बीउ लगाएका छन् ।

स्थानीय किसान नारायण शाहीले यि दुबै उन्नत जातका मुल बीउ लगाएका छन् । उनले आफ्नो तीन रोपनी जग्गामा गहुँको बीउ लगाएका हुन् ।