शेयरबजार झण्डै २४ अंकले बढ्यो

काठमाण्डाै । हिजो झण्डै ४५ अंकले घटेको शेयरबजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको छ ।

व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको शेयर उच्च अंकले उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय २७ वटा कम्पनीका ७५ लाख ८ हजार कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको झण्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो । आज जानकी फाइनान्स, यनाइटेड मर्दि हाइड्रो तथा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।