मुल्य वृद्धिको विरोधमा अनेरास्ववियु सुर्खेतद्वारा आलय निगमको कार्यालय घेराउ


सुर्खेत । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतले आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना तथा घेराउ गरेको छ ।

 पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल खारेजको माग राखेर अनेरास्ववियु सुर्खेतले धर्ना दिएको हो ।

धर्ना कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य प्रेम खड्का, सत्य शाही, प्रभाव पोखरेल, हुम्ला जिल्ला अध्यक्ष जयराज संज्याल, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्य र अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रकाश रिजाललगायतको सहभागिता रहेको थियो । अनेरास्ववियुले यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि विरोध कार्यक्रम गरेको थियो ।