मुगु बस दुर्घटना : मृत्यु हुनेको संख्या ३२ पुग्यो

 

सुर्खेत । मुगुमा आज बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिनामा सडकबाट खस्दा ३२ जनाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक जीवन लामिछाने दुर्घटनामा अन्य १३ जना घाइते भएको जानकारी दिए । त्यस मध्य १२ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको छ ।

मृतकको सनाखतका लागि गमगढी अस्पताल पठाउने तयारी भइरहेको छ । तर मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोलि बुधवार बिहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको छ । बसमा ४५ जना यात्रु सवार थिए ।