नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनका कार्यक्रम घोषणा


सुर्खेत । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले निकालेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका कार्यक्रमअन्तर्गत जेठ ३, ४ र ५ गते देशव्यापी जुलुस र कोणसभा पनि गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपबाटै टुङ्ग्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।