लैगिंक तथा सामाजिक समावेशीकरण सम्बन्धी दुई दिने तालिम सुरु


सुर्खेत । लैगिंक तथा सामाजिक समावेशीकरण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना तथा कुर्वे हुस्त्रोको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको तालिममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका वडा सदस्यहरु, हिंसा पीडित, सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा शान्तिका लागि साझा अभियान (कोक्याप) केन्द्रका अध्यक्ष रोशना खड्काले लैगिंक तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिममा सहजीकरण गरेकी थिइन् । कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ ।