दैलेखमा पुलबाट खस्दा एक बालिका घाइते


सुर्खेत । दैलेखमा पुलबाट खस्दा एक बालिका घाइते भएकी छन् । दिपा खड्काकी १६ महिनाकी छोरी प्रज्वली खड्का आठबिस नगरपालिका १ को रामघाट पुलबाट खस्दा घाइते भएकी हुन् ।

दुल्लु नगरपालिका १ नौले घर भएकी दिपा माइत गएको अवस्थामा उनकी छोरी घरनजिकैको पुलबाट खसेर घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।