काठमाण्डौ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ ।

कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाएका हुन् । बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
उनले भने, ’यसअघि विवादका समयमा विशेष कारणवश पूर्ण बैठका उहाँ नबसे पनि आजको बैठकमा उनी सहभागी हुनेछन् । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने तयारी थालेको छ। सर्वोच्चका प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरु अझै पनि आन्दोलनमा छन् ।

फरकबाटो ४ माघ २०७८, मंगलवार १२:०१