सम्पत्ति शुद्धीकरण विधेयक पारित


सुर्खेत । सम्पत्ति शुद्धकिरण सम्बन्धी विद्येयक प्रतिनिधि सभाको बैठकले पारित गरेको छ । आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।

यस्तै बैठकले संविधान सभाका सदस्यसमेत रहेकानेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि तोकिएको छ । ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहनेछ ।

आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराका छन् । यस्तै आज दलगत रूपमा शीर्ष नेताहरूले मन्तव्य राखेका छन् ।

यसैबीच आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले पूर्वमन्त्री तथा संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक आगामी २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।