सरकार गठनको छ महिनामा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले दुई–तीन दिनमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री नियुक्ति हुनुभएपछि पहिलो पटक देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । तर सम्बोधनको मिति र समय भने तय भइनसकेको स्वकीय सचिव देउवाले बताए ।