राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ।

यसअघि दाबीविरोध समय दिएको आयोगले उम्मेदवारको मनोनयन पत्र जाँच गरी दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताए।