एकीकृत समाजबादीले कर्णालीमा बोहोरालाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

सुर्खेत । नेकपा (एकीकृत समाजबादी)ले कर्णालीमा उदय बोहोरालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।

सोमबार पार्टीले राष्ट्रियसभाका लागि कर्णालीमा सल्यानका बोहोरालाई उम्मेदवार गराएको हो । उनी नेकपा (एकीकति समाजबादी) सल्यानका अध्यक्ष हुन् ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।