राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रिया शनिबारदेखि

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया शनिबारबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया सुरु हुने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसपछि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।