राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता

तस्बिर : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको फेसबुकबाट

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको लेखेका छन् ।

उनले भेट पछि फेसबुकमा लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु, । ’