मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदको स्थापना दिवसको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोलि विजयी भएको छ ।

पत्रकार र खेलकुद विकास परिषदका पदाधिकारी तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिबलमा पत्रकारको टोलीले दुई शून्यको सोझो सेटमा हराएको हो ।

पहिलो सेट निकै प्रतिस्पर्धात्मक देखिएको थियो भने दोस्रो सेटमा पत्रकारको टोलीले एक्लौटी जित दर्ता गर्यो । २४–२२ ले पछाडी परेको पत्रकार टोलीले खेललाई लयमा फर्कादै २६–२४ जित निकाल्दै खेलकुदको टोलीलाई स्तब्द बनायो ।

दोस्रो खेलको शुरुबाटै दबाबमा परेको खेलकुद पदाधिकारीको टोलीलाई १२–२५ मा सेटमा रोक्दै लगातार दुईसेट जित्दै नतिजा हात पार्न सफल भयो ।

जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको प्रतियोगितामा पत्रकारको कप्तानी केशब ढकालले गरेका थिए भने  खेलकुद पदाधिकारीको कप्तानी प्रमोद हमालले गरेका थिए ।  यसैबीच खेलाडीहरुलाई भोली स्थापना दिवसको अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।