एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको हो ।

राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।