मानसिक रोगका बिरामीको संख्या बढ्दै

आज विश्व मानसिक स्वास्थ्य दिवस


सुर्खेत । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । नेपालमा हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । तर यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुश्किल छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका हुन ।