सुरक्षा समितिको बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा छलफल

काठमाडौं । सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा छलफल भएको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षाका बारेमा छलफल गरिएको हो ।

बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर त्यसको सुरक्षा व्यवस्थाको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेका उनको भनाई छ ।