कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फेलिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो ।
भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ । यसमध्ये १०४ जना निको वा अन्यत्र गइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली रहेको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
फरकबाटो ८ पुष २०७८, बिहीबार १५:१८