८ दिनदेखि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिए

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका थिए । उनलाई प्रहरीले आठदिनपछि हुम्लाकै खार्पुनाथ गाउँपालिकामा भेटेको हो । बिहान हिडिरहेको अवस्थामा भेटेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

माइती पक्षले आफ्नी छोरीलाई लिएर गएको र चन्दे कामीलाई बेपत्ता गराएको उनको परिवारले आरोप लगाएको थियो । उनलाई खार्पुनाथबाट सदरमुकाम ल्याउन लागिएको छ ।