सांसद निष्कासनको सूचना नटाँसे मार्गप्रशस्त गर्न सभामुखलाई एमालेको आग्रह

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटालाई सूचना नटाँसे मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुई वटा विकल्प रहेको आफूहरुले सम्झाएको बताए ।

एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘‘एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन । जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहन्छ ।’