मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौ । विवेकशील साझा पार्टीमा संयोजक मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ ।

पाण्डेको अध्यक्षतामा अभियानको २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गलत बाटोमा लगेको बताउँदै ‘मुल बाटो’मा फर्काउन अभियान घोषणा गरिएको पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले बताए ।

विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र–२०७७’ र ‘वैकल्पिक राजनीतिको मूल बाटो हुने उनको भनाई छ ।