एमसीसीमा साझा धारणा नबनाए गठबन्धन भत्काउने खेल शुरु हुन्छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा एमसीसीमा साझा धारणा नबनाए गठबन्धन भत्काउने खेल शुरु हुन सक्ने बताएका छन् । उनले कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्नेमा जोड दिए ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।