
सुर्खेत । अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
मंसिर २९ गते लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । प्रहरीलाई खबर आएपछि खोजिकार्य भइरहेको उनले बताए ।
मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उनले एक–दुई महिनाअघि भागी विवाह गरेका थिए । तर केटी पक्षले छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ ।
प्रहरीले युवती र उनका बुबालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

फरकबाटो ५ पुष २०७८, सोमबार १५:५६