बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी रहेका छन् ।