महामन्त्रीमा विजयी भए पछि थापाले भने, ‘कांग्रेसलाई युवा भरोसाको पार्टी बनाउन लाग्छु’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लाने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने उनको भनाई छ ।

परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागि पर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने बताए ।