राप्रपा अध्यक्ष लिङ्देनलाई कमल थापाको पत्र  : महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्नुहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।

सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’

थापाले अध्यक्ष निर्वाचित भएकामा लिङ्देनलाई बधाई पनि दिएका छन् ।