एमालेले तोक्यो ७ वटै प्रदेशमा इन्चार्ज, कर्णालीमा यमलाल कंडेल

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कंडेललाई जिम्मेवारी दिएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेश इन्चार्जहरु तोकेको हो ।

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।

यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा र  सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।