
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपालले सोमवार काठमाण्डौमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् । उनले एमसीसीको बारेमा सत्तारुढ पाँच दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि उल्लेख गरे ।
े सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने उनको भनाई । एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि÷कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने उनले बताए ।

फरकबाटो ५ पुष २०७८, सोमबार १७:२०