
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ । यो समूहले राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।
शेखर कोइराला समूहमा उप–सभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामकृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दिएका छन् ।

फरकबाटो २५ मंसिर २०७८, शनिबार १६:४२