राष्ट्रपतिद्वारा २ वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका दुई वटा विधेयक आज आइतवार प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।