सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित


सुर्खेत । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा पारित गरेको हो । यो विधेयक प्रतिनिधिसभाबाट गत साउन ३० गते पारित भएको थियो ।

प्रतिनिधिसभामा उत्पत्ति भएको यो विधेयक अब सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो ऐन कार्यान्यवनमा आउनेछ ।