प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।

सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।