जुम्लामा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुग्यो

सुर्खेत । जुम्लामा पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ बारेकोटडांडामा आज बिहान पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको थियो ।

बेपत्ता रहेकी २२ वर्षीय विद्या शाहीको समेत शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते मध्ये ५० वर्षीय सरसस्वती हमालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।