ब्राउन सुगर सहित एकजना पक्राउ


सुर्खेत । ब्राउन सुगर सहित सुर्खेतमा एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगर ५ चिसापानी बस्ने वर्ष ३२ का सुरज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरेन्द्रनगर १२ चनौटे जनकल्याण टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा भे.१ ह ३२८६ नं को अटोको चालक समेत रहेका न्यौपानेको साथबाट १ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।