वार्षीक उत्सवमा रक्तदान

सुर्खेत । नेपाल क्रेडिट एण्ड कमर्स वैंक लिमिटेड प्रादेशिक कार्यालय कर्णाली प्रदेश सुर्खेतले वार्षीक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २५ औं वार्षीक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

बिहिबार आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको बैंकका शाखा प्रवन्धक निरञ्जन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार देशभरका सातवटै प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।

बैंकले आर्थिक कारोबारो मात्रै नभई सामाजिक क्षेत्रमा समेत आफ्नो उपस्थिती देखाउने गरेको प्रवन्धक ज्ञवालीले बताए । उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।