
सुर्खेत । गुराँस गाउँपालिकाका सबै वडाहरुमा विभिन्न रचनात्मक कार्यक्रम गरि ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । वडा नं १ देखि ८ नं वडाले दिवसलाई भव्य रुपले मनाएका हुन् ।

वडा कार्यालयहरुको आयोजना तथा वडास्तरिय महिला सञ्जालहरुको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । वक्तृत्वकला प्रतियोगिता तथा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमहरु समेत गरि सबै वडाहरुले दिवसलाई भव्य रुपमा मनाएको गुराँस गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्काले जानकारी दिईन् ।

खड्काका अनुसार गत २३ गते नै दिवसको अवसर पारि गाउँपालिकाले अन्तर्रक्रिया तथा महिला सञ्जाल गठन कार्यक्रम सम्पन्न गरिसकेको र सो कार्यक्रममा सबै वडाहरुबाट महिलाहरुको सहभागीता रहेको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिनमा मात्रै नभई गाउँपालिकाले सिमान्तकृत समुदायहरुलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए ।
उनका अनुसार सबै वडाहरुमा वडास्तरिय महिला सञ्जाल समेत गठन गरिसकिएकोले कार्यक्रम आयोजना गर्न थप सहयोग भएको हो ।

दिवसलाई रचनात्मक तरिकाले सबै वडाहरुले मनाएको समेत प्रमुख दाहालले बताए ।


फरकबाटो २५ फाल्गुन २०८०, शुक्रबार २०:३३